कक्षा ११ का १६ परीक्षार्थिलाइ खोलाले बगायो : उद्धार कार्य जारी ।

0
312

जेष्ठ १ काठमान्डौ । घटना हो रामेछापको भिषण वर्षापछि आएको बाढीले कक्षा ११ को परिक्षा दिन हिडेका १६ जना बिधाथीलाई बगाएको छ ।
जहाँको रणजोर खोलामा पानीको वहाव बढेसँगै आएको बाढीले बगाएका १६ जना मध्ये १५ जनाको उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक राजेन्द्र थापाले जानकारी दिए ।

प्रहरी स्रोतका अनुसार ती मध्ये ३ घाइते जनाको अवस्था गम्भीर रहेको छ भने १७ की उस्मा फुयाँलअझै बेपत्ता छिन् र उनको खोजीकार्य भइरहेको छ ।

त्यस्तै घाइते हुनेमा बर्ष १७ की मनिषा पाण्डे, सोही उमेरकी जानुका बुढाथोकी र बर्ष १८ की निशा शाह रहेकी छन् । उनीहरु कक्षा ११ को परिक्षा दिन मन्थली उमावी भदौरे जाँदैगर्दा बाटोमा पर्ने रणजोर खोलाले बगाएको हो । घटना घटे लगत्तै प्रहरी घटनास्थलमा पुगेर उद्धार थालेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here