अभिनेता सलमान खान अभिनित चलचित्र ‘रेस ३’को : ३ मिनेट लामो ट्रेलर सार्वजनिक भएको छ ।

0
286

रिलिजको एक महिना बाँकी रहंदा चलचित्रको ट्रेलर सार्वजनिक गरिएको छ । सन् २००८ मा प्रदर्शनमा आएको ‘रेस’को तेस्रो भागमा रेमो डिसुजाको निर्देशन रहेको छ।

यसअघिका दुई भागमा अभिनेता सैफ अलि खानकाे मुख्य भूमिका रहेकाे थियाे भने , यसमा सलमान भिलेनकाे भूमिकामा देखिएका छन् । ३ मिनेट लामो ट्रेलर भरपुर एक्सनले भरिएको छ ।
चलचित्रमा सलमान खानसँगै अनिल कपूर, बबी देवल, ज्याक्लिन फर्ना्न्डिज, डेजी शाह, सकिब सलिम अभिनय रहेको छ । चलचित्र आउँदो जुन १५ (असार १ गते) रिलिज हुदैँछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here