मकालु एयरको विमान हुम्लामा दुर्घटना हुँदा : चालक दलका सदस्यको मृत्यु ।

0
929

जेष्ठ २ काठमाण्डौ । सुर्खेतबाट हुम्लाको सिमिकोटका लागि उडेको मकालु एयरको कार्गो जहाज हुम्लामा दुर्घटनाग्रस्त रुपमा फेला परेको छ ।

हुम्लाको बाहुनखर्क भन्ने स्थानमा दुर्घटनाग्रस्त रुपमा फेला परेको हाे । त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले दिएको जानकारी अनुसार माउण्टेन हेलिकप्टरको दुई वटा हेलिकप्टर दुर्घटनास्थलमा अवतरण गरेको छ ।

दुर्घटनामा चालक दलका सदस्यको मृत्यु भएको बताइएकाे छ ।

यसअघि विमान भेटिएको सूचना गलत : महाप्रबन्धक
यसअघि सम्पर्कविहीन जहाज बाजुरामा भेटिएको भन्ने सूचना गलत रहेको त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताएका छन् । उनले भने ‘नेपाल नागरिक उड्ययन प्राधिकरणका स्थानीय स्रोतबाट जहाज बाजुरामा भटिएको भन्ने प्राप्त सूचना गलत रहेछ ।’ स्रोत शिखर न्युज ।

थप विवरण आउन बाँकी छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here