ओली र प्रचण्डको मिलिमतोमा बाबुरामको ब्यङ्ग : भन्छन ,वानरहरु पुच्छर काटेकै भरमा मान्छे भएका हुन ?।

0
174

बैशाख ३ काठमाण्डौ । नेकपा एमाले र माओवादी केन्द्रको एकता प्रक्रिया अन्तिम चरणमा पुगेको छ । सम्भवतः बीचमा केही चमत्कार नभए आज दुई पार्टीबीच एकीकरणको घोषणा गर्ने तयारी छ । यसअघि बुधबार राति दुई दलले एकीकृत पार्टीको सदस्यको संख्या, चुनाव चिन्ह, पार्टीको नाम टुंग्याएको छ ।

दुई दलबीच उक्त सहमति हुने वित्तिकै माओवादीका पूर्व नेता नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले दुवै दललाई बधाइ र शुभकामना दिएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई पार्टीलाई एउटै कम्युनिष्ट पार्टी बनाउन सफल हुन लागेपछि बाबुरामले व्यंग्यसहित शुभकामना दिएका हुन् ।

दुई पार्टीको एकतालाई प्रश्न गर्दै ट्वीटर मार्फत बाबुरामले भनेका छन्, ‘के वानरहरु पुच्छर काटेकै भरमा मान्छे भएका हुन ?’ उनले गणितमा माइनस एक र माइनस एक जोड्दा माइनस दुई हुन्छ, माइनस एकको मूल्य धेरै कि माइनस दुइको ? भनेर कटाक्ष समेत गरेका छन् ।

एमाले र माओवादीले एकीकृत पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ राख्न सहमत भएका छन् । चुनाव चिन्ह सूर्य, ४ सय ४१ सदस्यीय केन्द्रीय समिति र ४३ सदस्यीय स्थायी समिति राख्न उनीहरु सहमत भएका छन् ।

केन्द्रीय समितिमा २ सय ४१ जना एमाले र २ सय जना माओवादीका सदस्य रहने छन् । एकीकृत पार्टीको स्थायी समितिमा २५ जना एमाले र १८ जना माओवादीबाट सदस्य रहने सहमति भएको छ।स्रोत OS NEPAL

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here