मोबाइल पारखीका लागि एप्पल वल्र्ड मोबाइलले पुरानो मोबाइल साटेर नयाँ लैजाने अफर ल्याएको छ ।

0
180

जेष्ठ ३ काठमाण्डौ । एप्पल वल्र्डले मोबाइल खरिद गर्नेहरुलाई विभिन्न मोडलका मोबाइलमा ६० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ ।

जेठ ३ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने अफर अन्तर्गत विभिन्न मोडलका मोबाइलमा ६० प्रतिशतसम्म छुटको व्यवस्था गरीएको हो । मर्कन्टाइल प्लाजाको पहिलो तल्लामा रहेको एप्पल वल्र्ड मोबाइलले पुरानो मोबाइल साटेर नयाँ लैजान चाहनेहरुका लागि एक्स्चेञ्ज अफर सुरु गरेको हो ।

उक्त अफरमा पुरानो मोबाइलको सट्टा नयाँमोबाइल प्रदान गरिने एप्पल वल्र्ड मोबाइलका प्रबन्धनिर्देशक अलाइभ ग्लाइडरले बताए।
मेबाइल पुरानो भएको छ अनि साट्ने सोचमा हुनुहुन्छ भने दरबारमार्गमा रहेको एप्पल वल्र्ड मोबाइल तपाईको गन्तव्य बनेको छ । यसअघिका अफरहरुमा ग्राहकको उत्साहजनक उपस्थिती देखिएको भन्दै एप्पल वल्र्डले २ साताका लागि एक्स्चेञ्ज अफर सुरुगरेको हो । यसबाट मोबाइल सट्टापट्टा गर्न चाहनेहरुलाई सजिलो हुने विश्वास लिइएको छ।

अफर अन्तर्गत जुनसुकै ब्राण्डका पुराना स्मार्ट फोनसँग नयाँ स्मार्ट फोन सट्टा–पट्टा गर्न सकिनेछ । पुरानो स्मार्ट फोनको उचित मूल्य लिएर सट्टापट्टा गर्न पाइनुका साथै मोबाइल खरिद तथा मर्मतमा समेत विशेष छुटको व्यवस्था गरिएको एप्पल वल्र्ड मोबाइलका निर्देशक संगम राइले जानकारी दिए।
एकै छानामुनी बिश्वबजारमा पाइने २५ भन्दा बढी ब्राण्डका मोबाइल उपलब्ध गराउँदै आएको एप्पल वल्र्ड मोबाइलले डेढ दर्जन ब्राण्डका मोबाइलको टच एण्ड फिल सहितको काउन्टर राखेको छ । जहाँ ६० मिनेटमा जुनसुकै मोबाइलको मर्मत हुन्छ । स्रोत शिखर न्युज ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here