नेपाली फिल्म ‘बेबी आई लभ यू’ले ‘म्युजिकल्ली कम्पिटिसन’ गर्ने ।

0
210

काठमाडौं , २ जेठ । जेठ १८ बाट प्रदर्शनमा हुने फिल्म ‘बेबी आई लभ यू’ले ‘म्युजिकल्ली प्रतिस्पर्धा हुने भएको छ ।

जनक पाण्डेले निर्देशन गरेको चलचित्र ‘बेबी आई लभ यू’ मा समावेश संवादमा म्युजिकल्ली गर्न सकिने बतार्इएकाे छ । म्युजिकल्ली गरेर प्रतिस्पर्धा गरेर उत्कृष्ट हुने एक जनालाई फिल्म निर्माण टिमले नगद रकम सहित पुरस्कृत गर्ने घोषणा गरेको हाे ।

निर्माता शिव न्यौपानेका अनुसार धेरै भ्युज पाउने एक जनालाई नगद पाँच हजारसहित चलचित्रको दुईवटा टिर्सट समेत दिइने निर्माण युनिटले जनाएको छ । ‘बेबी आई लभ यू’मा सन्तोष खड्गी र पूजा तिवारीको मुख्य भूमिका रहेको छ ।

सन्तोष र पूजासँगै यसमा सरोज खनाल, निर्मल शर्मा, राजु कमेडी, रेशम बुढाथोकी, अप्सन पन्थी लगायतको अभिनय रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here