काठमाण्डौमा नेताहरुले ल्याउन नसकेको मेलम्ची पानि : चर्चित गायक भोजराज काफ्लेले ल्याउने भए, भिडियो सहित ।

0
432

जेष्ठ ३ काठमाण्डौ । नेपाली लोक तथा दोहोरी गित संगीतका पारखीहरुका लागि चर्चित गायक भोजराज काफ्ले ले अहिले काठमाडौँ बासीहरु माझ कौतुहलताको बिषय बनिरहेको मेलम्चीको पानिको सेरोफेरोमा रहेर “मेलम्ची आउँछ” गीतको भिडियो बजारमा ल्याएका छन् । यस गीतमा गायक भोजराज काफ्ले एक नेताको भनाइ प्रति केन्द्रित रहेर आफ्नो आवाज मार्फत प्रस्तुत भएका छन् ।

त्यसोत गायक भोजराज काफ्ले जसले कहिले गरिबको घरमा चुलो नबालेको कुरा आफ्नो सांगीतिक कोसेली मार्फत गरे त, कहिले गलैचा बुन्नेहरुको यथार्थलाई आम जन समक्ष पुर्याउने प्रयास गरे । समग्रमा उनले नेपाली समाजमा भए गरेका यथार्थतालाई नै चित्रण गर्दै आफ्ना सांगीतिक कोसेली बजारमा ल्याइरहेका छन् ।

मेलम्ची आउँ छ बोलको गीतमा गायक भोजराज काफ्लेलाई गायिका रोशनी रसाइली र साथीहरुले स्वरमा साथ दिएका छन् । भोजराज काफ्ले कै लय तथा शब्द सृजनाले सजिएको यस गीतको म्युजिक भिडियो पनि तयार भैसकेको छ । समय सान्दर्भिक कुरालाई आधार बनाएर तयार भएको भिडियोमा सबिन गौतम, मेलिना ठकुरी, मेनुका संजेल र लक्ष्मण भण्डारीको रोमान्चक अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन गायक भोजराज काफ्ले स्वयम् ले नै गरेका छन् भने, छायांकन रेशम दर्लामी र सम्पादन प्रदिप दाहालले गरेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here