अटोमेटिक पेस्तोलसहित भारतीय नागरिक पक्राउ |

0
435

जेष्ठ ४ काठमाण्डौ । पर्साको वीरगञ्जबाट अटोमेटिक पेस्तोलसहित भारतीय नागरिक पक्राउ परेका छन् । भारतको रक्सौलका अविरञ्जन साहलाई बिहीबार राति सेमी अटोमेटिक हृयान्डमेड पेस्तोलसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनको साथबाट पेस्तोलमा लाग्ने म्यागेजिन एक थान, ९ एमएम गोली एक थान, ७.६५ एमएमको मिस राउन्ड गोली एक थानसमेत बरामद गरेको प्रहरीको दाबी छ । भारतबाट बीआर ०५ एम ९२५४ नम्बरको पहेंलो रंगको हिरो मोटरसाइकलमा चढेर नेपाल आउँदै गर्दा उनी पक्राउ परेका हुन् ।

मोटरसाइकलको सिटमुनी पेस्तोल र गोली लुकाएर ल्याउँदै गर्दा पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।स्रोत ओएस नेपाल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here