गृहमन्त्री रामबहादुर थापाले समयमै काम नसक्ने ठेकेदारलाई जेलमा |

0
464

काठमाडौँ, ६ जेठ । नारायणगढ मुग्लिन सडकको स्तरोन्नती र सुधारको समय पाँचौ पटक थप्ने तयारी गरिएको छ ।२४ महिनाभित्र सक्कने गरी सन् २०१५ अप्रिलबाट सुरु भएको सडक स्तरोन्नतीका लागि अहिलेसम्म चार पटक म्याद थप भइसकेका छन् ।

काम नगर्ने ठेकेदार जेलमा

गृहमन्त्री रामबहादुर थापाले समयमै काम नसक्ने ठेकेदारको सूची बनाएर पहिला सच्चिने मौका दिन र त्यस अवधिमा पनि नसच्चिए जेल हाल्न निर्देशन दिएका छन् ।

विभिन्न मन्त्रालयका सचिव, पहरी प्रमुख, काठमाडौं तथा ललितपुरका मेयर, तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बोलाएर बुधबार गृहमन्त्रीले निर्देशन दिएका हुन् ।

निर्देशनपछि गृह मन्त्रालयले भवन, सडक र पुल निर्माणको ठेक्का पाएर लापरबाही गर्ने ठेकेदार र कम्पनीको विवरण एक साताभित्र पठाउन बिहीबार सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ । कान्तिपुरमा खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here