प्रधानमंत्री केपी शर्मा ओलीले : शदिहरुलाई शिर झुकाउँदै दिए श्रद्धाञ्जली |

0
501

जेष्ठ ६ काठमाण्डौ | जनयुद्धका शदिहरुलाई प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पहिलो पटक श्रद्धाञ्जली दिएका छन् । उनले पहिलो पटक माओवादी जनयुद्धका शहिदहरुलाई श्रद्धाञ्जली दिंदै केन्द्रिय कार्यालय पेरिस डाँडा प्रवेश गरेका छन् ।

नेकपाका अर्का अध्यक्ष प्रचण्ड तथा अन्य नेता कार्यकर्ताले पेरिस डाँडामा उनलाई स्वागत गरेका थिए । आज साँझ अर्का अध्यक्ष प्रचण्ड र हाइकमाण्डका नेताहरुसँगै ओलीले पेरिसडाँडाको भ्रमण गरेका हुन् । ओलीले पार्टी कार्यालय पुगेर जनयुद्ध स्तम्भमा माल्यार्पण गरेका थिए ।

माल्यार्पण गर्दै जनयुद्धका शहिदको सम्झनामा उनले टाउको झुकाउँदा उपस्थित कार्यकर्ताले ताली बजाएर उनको स्वागत गरेका थिए । पेरीसडँडामा उनलाई पूर्व माओवादी कार्यकर्ताले खादा लगाएर स्वागत गरेका थिए ।

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय रहेको पेरिसडाँडामा पुगेका ओली तत्कालीन माओवादीले जनयुद्धका शहीदहरुको स्मृतिमा स्थापना गरेको स्तम्भमा माल्यार्पण गरेर पदभार सम्हालेका हुन् ।

आजै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डसहितको टोलीलाइ धुम्बाराहीमा स्वागत गरिएको छ । उक्त कार्यालयमा कम्युनिष्ट पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीसहितको टोलीले प्रचण्ड लगायतकालाई स्वागत गरेको थियो । स्रोत ओएस नेपाल |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here