‘तेस्रोे नेपाली म्युजिक भिडियो अवार्ड’मलेसियामा

0
561

‘तेस्रोे नेपाली म्युजिक भिडियो अवार्ड’को नोमिनेशन सार्वजनिक गरिएको छ । मलेसियामा आयोजना हुन लागेको ‘तेस्रोे नेपाली म्युजिक भिडियो अवार्ड’को काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोजकले नोमिनेशन सार्वजनिक गरेको हो ।

आयोजकले नोमिनेशन सार्वजनिक गर्दै हरेक विधाका उत्कृष्ट पाँच मा पर्न सफल कलाकर्मीलाई प्रमाणपत्र पनि वितरण गरेको छ ।

संगिक्षा फिल्मस्को आयोजनामा हुन लागेको ‘तेस्रो म्यूजिक भिडियो अवार्ड’मा आधुनिक, पप, लोक, राष्ट्रिय भावनाले ओतप्रोत र फिल्मी गीतहरुको विधा समावेश गरिएको छ ।

दुई संस्करण यूएइको आवुधावीमा सम्मपन भएको यो अवार्डको तेस्रो संस्करण मलेसियामा गर्न लागिएको हो । कतिपय चर्चित गीतहरुका सर्जकले अवार्डमा भाग लिन नमानेका कारण पनि ती गीतहरु नोमिनेशनमा पर्न नसकेको आयोजकले स्पष्ट पारेको छ ।

मलेसियाको एसकेएस ब्राइट भेन्चर एसडीएन बीएचडीसँगको सहकार्यमा संगिक्षा फिल्मस्ले यो अवार्ड आयोजना गर्न लागेको हो । जुन १६ मा यो अवार्ड मलेसियामा आयोजना हुनेछ । संगिक्षा फिल्मस्का अध्यक्ष मनोज केसीले यसपटक मलेसियामा अवार्ड विशेष हुने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here