सुपरस्टार रजनीकान्तको चलचित्र प्रर्दशनमा आउने दिन दक्षिण भारतमा सार्वजनिक बिदा |

0
449

जेठ २५ काठमाण्डौ | सुपरस्टार रजनीकान्तको चलचित्रमा प्रर्दशनमा आउने दिने साउथ इण्डियामा सार्वजनिक बिदा दिने गरिएको छ । यो घटना यस पटक पनि दोहोरिएको छ । रजनीकान्तको आउँदै गरेको फिल्म ‘काला’ को रिलिज दिन आज सार्वजनिक बिदा दिइएको छ । उनको चलचित्र ‘काला’ दर्शकमा उत्सुकता बढ्दै गएको हो ।

‘काला’मा रजनीकान्त मुम्बई धारावीको एक ग्यांगस्टारको भूमिकामा देखिँदै छन् । यस फिल्ममा हुमा कुरेसी, नाना पाटेकर र अञ्जली पाटिल पनि मुख्य भूमिकामा छन् । रजनीकान्तको फिल्म ‘काला’लाई लिएर दर्शकको उत्साह यति धेरै बढेको छ कि केरला राज्यको एक निजी कम्पनीले फिल्मको रिलिज मितिको दिन बिदा नै घोषणा गरेको छ ।

फिल्म ‘काला’ ७ जुन (आज)मा प्रदर्शनमा आएको छ । भारतीय मिडियाका अनुसार केरलाको एक आइटी कम्पनीले रजनीकान्तको सम्मानका लागि ७ जुनमा बिदा घोषणा गरेको हो । कम्पनीले वक्तव्य नै जारी गरेर बिदाको घोषणा गरेको छ ।स्रोत ओ एस नेपाल |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here