बाथरुम Singer भन्दै गायिका (नानु) ले स्टेजमा धमाल गरिन : भिडियो सहित ।

0
1671

जेठ २६ काठमाण्डौ । केहि समय देखि नेपाली गीत सांगीतिक क्षेत्रमा संघर्ष गर्दै आएकी गायिका नानुले आफ्नो प्रतिभा द्वारा सबैलाई चकित पारेकी छिन् । सुमधुर आवाज भएकी नानुले केहि समय पहिला आफ्नो बुवा प्रति समर्पित रहेर (प्यारो बाबा) बोलको गीत दर्शक स्रोता माझ ल्याएकी थीइन।

लगत्तै गायिका जलजला परियारमा पनि समर्पित रहेर (जलजला तिमि सबकी प्यारी हौ) बोलको गीत बजार मा ल्याईन । उक्त गीत बाट तारिफ पनि बतुलिन।

गीत संगीत भने पछि हुरुक्कै हुने गायिका नानुले चर्चित गायक गायिका हरुका गीत हरु गाउँदै युट्युबमा कभर गरेर राखी धेरै प्रसंसक र फ्यानहरु पनि कमाएकी छन् । अहिले चल्दै गरेको गायन रियालिटी शो प्लाटफम मा सहभागी भई उनि टप १२ मा पर्न सफल भईन ।

आज टप १२ को गायन प्रतिष्पर्धामा उनले आफ्नै आउन लागेको नयाँ गीत म हुँ बेली म हुँ चमेली गीत गाएर सबैलाई मन्त्र मुग्ध बनाईन । त्यहाँ उपस्थित दर्शक स्रोता जज हरुले पनि उनको तारिफ नगरी बसेनन् । उक्त रियालिटी शो कार्यक्रममा अतिथिको रुपमा बरिष्ठ गायक संगीतकार टिका भण्डारी हुनुन्थ्यो ।
Chiranjivi bhandari

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here