शर्मा र श्रेष्ठको सपना हजार सार्वजनिक |

0
1248

जेठ २६ काठमाण्डौ। गीतकार डा. केशव शर्माद्वारा रचित तथा सङ्गीतकार सन्तोष श्रेष्ठद्वारा सङ्गीसङ्गीतकार/गजल एल्बम “सपना हजार” को विमोचन कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कवि/संस्कृतिविद् तुलसी दिवसले एल्बमको विमोचन गर्नु भएको हो । दिवसले मन्तव्यको क्रममा पछिल्लो समयमा प्रकाशित एल्बमको तुलनामा `सपना हजार ´ गुणस्तरीय रहेकोे बताए ।
प्रा.डा. कृष्णहरि बरालले गीतमा नवीनता उल्लेख गरे । सङ्गीतकार राजु सिंहले सङ्गीतमा विविधता भएको उल्लेख गरे भने कवि मोमिलाले यी गीतले आफुलाई उर्जा दिएको बताइन् ।

गीतकार केशव शर्माले नेपाली सुगम सङ्गीतमा नवीन ढङ्गबाट प्रस्तुत हुन खोजेको जानकारी दिए भने सङ्गीतकार सन्तोष श्रेष्ठले यी गीतमा सङ्गीत गर्दा साह्रै आनन्द आएको र श्रोतालाई पनि आनन्द आउने बताए ।

एल्वममा समाविष्ट सातवटा गीत/गजलहरूमा धेरै दिन भो…सञ्जीवनी, आँखामा फूली …मनोजराज, फूलले झार्‍यो…शिव परियार, रुझेका परेली… निशा देसार र राज सिग्देल , पर्दैन फरक …विश्व नेपाली र इन्दु वानिया , सुसेल्दै तिमीले…मेलिना राई र सीडी विजय अधिकारीले स्वर दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here