चर्चित गायिका सरु गौतमको ‘दुनिया हल्लाउछु गीतको भिडियो सार्वजनिक |

0
406

जेठ २७ काठमाण्डौ |अहिलेकी व्यस्त एवं चर्चामा रहेकी चर्चित गायिका सरु गौतमको नयाँ डिजे गीत ‘दुनिया हल्लाउछु’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक गितमा सरु गौतम र महेश खड्काको उत्कृष्ठ आवाज रहेको छ ।गीतमा गीतकार महेश खडका शब्द रचनामा संगीतकार भिम विसीले संगीत भरेका छन् भने, एरेन्ज केशव बडुको साथै र्‍यापर जगत तिरुवा को र्‍याप रहेको छ । बिक्रम चौहानको निर्देशनमा क्यामेरामेन प्रकाश खड्काले छायाङ्कन रहेको गीतको भिडियोमा आरुशी मगर र पुरन रानाको उत्कृष्ट अभिनय रहेको छ| गीतको भिडियोलाई मिलन बिकले सम्पादन गरेका छन |

गायिका सरुको काग दाजै , के हो यो माया हो, मेरो साईला, अपार माया ,कुन गीत गाउ, जस्ता दर्जनौ उत्कृष्ट गीतहरु लगायत पन्चायत फिल्मको छोरि को कर्ममा पनि उनले सुमधुर आवाज दिई सकेकी छिन । केहि समय अघि पनि ‘कुन गीत गाउ ’ बोलको गीत सार्वजनिक गरेकी थिइन भने उनको त्यस गीतलाई दर्शकहरुले पनि निकै मन पराएका थिए ।

भिडियो :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here