गिराउने र बनाउने खेलमा हामि छैनौ :अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड |

0
442

२७ जेठ । नेपाल कम्युनिष्ठ पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार गिराउने र बनाउने खेलमा अाफु नरहेकाे बताएका छन ।

आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भने, ‘हामी सरकार गिराउने र बनाउने खेलमा छैनौँ।’ मुलुकले लामो समयपछि स्थिर सरकार पाएकाले सरकारको ध्यान विकास निर्माण र समृद्धि आर्जनमा केन्द्रित रहेको उनको भनाइ थियो।

राष्ट्रपति बन्ने कुरा पनि चर्चा भइरहेको विषयमा उनले अहिले त्यो बहशको विषय नभएको बताए।उनले भने, ‘संघियताको नयाँ अभ्यास भइरहेको छ, केही जटिलता छन्। तर असफलै बनाउन खोजिएको भन्नुको औचित्य छैन।

अध्यक्ष दाहालले प्रदेश २ मा सरकार परिवर्तन गर्ने कुरा केही पनि न भयको र नहुनेपनि बताए। स्रोत शिखर न्युज |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here