नेपालमा ठूलो भ्रष्टाचार राजश्वको क्षेत्रमा हुने गरेको छ : राजश्व कर्मचारी जेल चलान |

0
435

|जेठ २९ काठमाण्डौ |कर्मचारीहरुले सेटिङ मिलाएर ठूलो मात्रामा राजश्वमा व्यापारीलाई छुट दिदै आउका छन् । जसकारण राजश्व कार्यालय कर्मचारीको आकर्षणको केन्द्रमा पर्ने गरेको छ ।

तर, अब कुनै पनि कर्मचारी व्यापारीको पक्षमा निर्णय गरे कर्मचारीविरुद्ध नै मुद्दा चल्ने भएको छ । सरकारले राजश्व अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत ल्याएर सक्रिय बनाएसँगै अर्थ मन्त्रालय अन्र्तगतका कर्मचारीहरुको निदहरामद भएको छ ।
यसअघि विभागले भन्सार ऐनअनुसार कारबाही गर्दै आएको थियो । प्रधानमन्त्री कार्यालय मातहत गएपछि अब राजश्व चुहावट तथा नियन्त्रण ऐनअनुसार विभागले कारबाही गर्दछन् ।

भन्सार ऐनअनुसार विभाग आफैंले कारबाही गर्दथ्यो । राजश्व चुहावट ऐनअनुसार जिल्ला अदालतमा मुद्दा दायर गर्नुपर्ने हुन्छ । जसमा कुनै कर्मचारीले राजश्व चुहावटमा सहयोग गरेको देखिएमा उनीहरुविरुद्ध समेत मुद्दा चल्ने प्रावधान छ ।

हरेक जसो राजश्व कार्यालयमा बदमासी हुने गरेको छ । सिए, व्यापारी र कर्मचारीको मिलेमतोमा राजश्वमा लुट चल्दै आएको दृष्टि साप्ताहीकले लेखेको छ । कानुनमा रहेका कमजोरीहरुमा खेलेर यस्तो धन्दा चल्दै आएको छ ।
अब, राजश्व अनुसन्धान विभाग सक्रिय भएसँगै त्यस्ता कर्मचारीहरु जेल जाने र राजश्व प्रशासनमा व्यापार सुधार आउने छ । यसका लागि राजश्व अनुसन्धान विभागले पनि असल नियतले काम गर्नु जरुरी छ ।स्रोत शिखर न्युज |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here