सलमानले कमेडी किङ्ग कपिल शर्मालाई : माथि उठाउनका लागि सही किनारा दिने।

0
154

जेठ २९ काठमाण्डौ | बलिउड सुपरस्टार सलमान खान अहिले आफ्नो चलचित्र रेस-३ को प्रचारमा व्यस्त छन्| प्रमोशनका क्रममा सलमानले आफ्ना आउने चलचित्रका बारेमा केही खुलासा गरेका छन्। उनले भारत, दबंग ३, किक २ र रेमो की डासिंग फिल्मसँगै शेर खान मा पनि काम गर्ने भएका छन्।

सलमानको फिल्म शेरखान उनका भाइ सोहेल खानले निर्माण गर्दै छन्। यस चलचित्रको लामो समय देखि नै चर्चा चलेको थियो। तर बीचमा यो प्रोजेक्ट बन्द भएको थियो। हालै सलमानले यो प्रोजेक्ट बन्द नभएको बताएका छन्।

यस फिल्ममा सोहेल खानले पहिले देखिनै कपिल शर्माले काम गर्ने दाबी गर्दै आएका थिए। पछिल्लो समय कमेडियन किंग कपिलको करियन जुन तरिकाले गिर्दै गएको छ, यस्तो अवस्थामा सलमानले उनलाई माथि उठाउनका लागि सही किनारा दिनेछन्।

सलमानसँग काम गरेपछि पछिल्लो समय बिग्रिर्दै गएको कपिलको करियल फेरि सुध्रिनेमा धेरैको विश्वास छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here