कुनै बेलाकि हिट हुने नायिकाहरु उमेर ढल्किदै गएपछि सिनेमा क्षेत्रबाट गुमनाम हुने गर्दछन् । यस्तै नेपाली सिनेमाका प्राय जसो पुराना केही नायिकाहरु यतिबेला आफ्नो घरगृहस्थी समाल्दै बसिरहेका छन् भने कति बिदेश पलायन भइसकेका छन् ।
विवाह पछि थोरै मात्र नायिकाहरु सिनेमामा फर्किएका छन् । कुनै बेलाकी चर्चित नायिका रेजिना उप्रेती पनि यसै भित्र पर्दछिन् ।
लामोसमयको प्रेमसम्बन्ध पछि ४ बर्ष अघि विवाह बन्धनमा बाँधिएकी रेजीना कुनै बेलाकी व्यस्त नायिका हुन । गत बर्ष छोरीकी आमा बनेकी रेजीना यतिबेला छोरीको हेरचारमा व्यस्त छिन् ।
चलचित्रमा सोझी देखि बोल्ड भुमिका देखिने उनी छोरीकी आमा बनेपछि अहिले सन्तानको रेखदेखमा नै उनको दैनिकी वित्ने गरेको छ । सामाजिक सञ्जालमा खासै सक्रिय नहने रेजिनाले छोरीसँगका केही तश्वीरहरु आफ्नो फेसबुकमा शेयर गरेकी छिन् ।