नायिका बेनिशा हमाल आफुलाई फिट बनाउन : जिममा ब्यस्त |

0
1103

जेठ ३० काठमान्डौ |पछिल्लो समय चलचित्र क्षेत्रमा निकै सक्रिय छिन् अभिनेत्री —बेनिशा हमाल । गत वर्ष बेनिशा अभिनित दुई चलचित्र झ्यानाकुटी तथा ब्लाइन्ड रक्स प्रदर्शनमा आए । व्यावसायिक हिसाबमा अपेक्षित कमाई गर्न नसकेता पनि दुवै चलचित्रबाट बेनिशाको अभिनयले निकै तारिफ पाएको थियो । हमाल यी दुवै चलचित्रमा फरक भूमिकामा प्रस्तुत भएकी थिइन् ।

अझ चलचित्र ब्लाइन्ड रक्सबाट उनले उत्कृष्ट अभिनेत्रीको समेत अवार्ड हात पारिसकेकी छिन् । यिनै बेनिशा आफ्नो कामसँगै फिटनेसमा पनि निकै ध्यान दिन्छिन् । विगत दुई वर्षदेखि जिम जान थालेकी बेनिशा आफूले सोचेको जस्तो शरीर अझै नभइसकेको बताउँछिन् ।

‘ मेहनत गर्दैछु । चाडैँले आफूले सोचेको जस्तो शरीर बनाउने छु । ‘ उनी भन्छिन् । बेनिशाको लागी जिम दैनिक खाना खाने रुटिन जस्तै भएको बताउँछिन् । ‘ मेरो लागी खाना, खाजा जस्तै जिम चाहिने भइसक्यो । ‘उनी भन्छिन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here