जबरजस्तीकरणीको आरोपमा : गुन्डा सञ्जिव लामा उर्फ स्याल पक्राउ |

0
438

जेठ ३१ काठमाण्डौ । काभ्रेली समूहमा अाबद्ध गुन्डा सञ्जिव लामा उर्फ स्याल जबरजस्तीकरणीको प्रयास गरेको अभियोगमा पक्राउ परेका छन् ।
काठमाडौंको दरबारमार्गस्थित नोला लाउञ्ज एण्ड बारका सञ्चालक उनले होटलकै कर्मचारी युवतीलाई बलात्कार प्रयास गरेको आरोप लागेको छ ।पीडितको जाहेरीको आधारमा लामालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको महानगरीय प्रहरी वृत्त, दरबारमार्गका डिएसपी दानबहादुर मल्लले अनलाइनखबरलाई बताए ।
काभ्रेको दाप्चा स्थायी घर भएका लामा नेपाली कांग्रेसको महासमिति सदस्य पनि हुन् । उनी काभ्रेली समूहका तीर्थ लामाको निकट रहेको प्रहरी रेकर्ड छ ।अनलाइन खबर ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here