नायिका स्वस्तिमाको चर्चा बढ्दो : चर्चित ब्यानरका चलचित्रमा स्वस्तिमा ।

0
357

जेठ ३१ काठमाण्डौ । चलचित्र ‘२ रुपैयाँ’को ‘कुटुमा कुटु’मा नृत्य गरेपछि बढेको उनको चर्चा घटेको छैन ।

देशका ठुला ब्यानरका चलचित्रमा अहिले स्वस्तिमाले काम गरिरहेकी छन् । तर, बढ्दो डिमाण्डले उनलाई तनाव दिने अवस्था पनि देखिएको छ । निर्देशक विकासराज आचार्यले उनलाई मुख्य भूमिकामा लिएर बनाएको चलचित्र ‘नाई नभन्नु ल ५’ निर्माण गर्दै छन् र भदौ ८ मा रिलिज हुँदैछ । यो चलचित्रको प्रचारका लागि उनि खटेर लाग्नु पर्ने छ ।

यता, निर्देशक अशोक शर्मा भने १२ बर्षपछि निर्देशनमा फर्किएका छन् र ठुलो बजेट खर्चेर स्वस्तिमालाई नै मुख्य भूमिकामा लिने दाउमा रहेका छन् । असोज ३० गतेबाट चल्ने उनको चलचित्र ‘जय भोले’का लागि पनि स्वस्तिमाले पुरा समय दिनु पर्ने छ ।

यता, असोज ३० मै रिलिज हुन लागेको चलचित्र ‘छक्का पन्जा ३’मा पनि स्वस्तिमाले खेलेकि छिन् ।यता पनि स्वस्तिमाले यो चलचित्रको लागि समय दिनुपर्नेछ ।
लगातार ३ वटा ठूला ब्यानरका चलचित्रको प्रचारमा द स्वस्तिमाले समय दिनु पर्ने छ । आखिर, स्वस्तिमाले कुन चलचित्रका लागि दौडधुप धेरै गर्लिन् त ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here