गायक/ संगीतकार कबिन गुरुङ्गको (उस्तै छ बास्ना) गीतको भिडियो सार्वजनिक |

0
1143

असार १ काठमाण्डौ । विगत ६/७ बर्ष देखि नेपाली गीत सांगीतिक क्षेत्रमा शंघर्ष गरिरहेका गायक कबिन गुरुङ उस्तै छ बास्ना गीतको भिडियो मार्फत दर्शक स्रोता माझ आएका छन् । गायक गुरुङले एस भन्दा अघि नेपाली चर्चित गायक गायिका हरुका गीतहरु विभिन्न मेला महोत्सवमा गाउँदै आएका थिए भने , अहिले उनले (उस्तै छ बास्ना) गीतको भिडियो ल्याएका छन् । गायक गुरुङ गाउनुको अलावा गीतलाई संगीत पनि गर्दछन् ।

त्यसैले उनलाई बहु प्रतिभाका धनि भन्दा फरक नपर्ला ।( उस्तै छ बास्ना) गीतलाई जानु कमबाङ लिङ्गदेनले रचना गरेका हुन् भने, गीतमा गायक गुरुङकै संगीत रहेको छ । गीतलाई संगीत संयोजन भने टेकेन्द्र याक्सोले गरेका छन् । त्यसै गरी गीतको भिडियोलाई पुस्कर दाहालले निर्देशन गरेका छन् ।

भिडियोलाई सम्पादन/संयोजन संजय बलले गरेका छन् ।गीतको भिडियोमा प्रेम तामाङ्ग ,ऋतु तामाङ्ग ,बिनिशा तामाङ्ग ,अनिता राई, शिखा राईको अभिनय देख्न पाइन्छ। उक्त गीतको भिडियोलाई ओ एस आर डिजीलले बजारमा ल्याएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here