बर्षाको कारणले कम्तीमा ११ जनाको मृत्यु |

0
364

असार १ काठमाण्डौ | उत्तरी भारतीय राज्यमा अविरल वर्षापछिकाे बाढीले कम्तीमा ११ जनाको मृत्यु भएको छ । बाढीमा सयौ बेपत्ता भएका छन् । उत्तरी भारतीय राज्य आसाम, त्रिपुरा, मणीपुर बाढीग्रस्त बनेको छ ।

बेपत्ता भएकाहरुको खोजी शुरु गरिएको छ । आसाम राज्यका कैयौं जिल्लामा भारी बर्षापछि बाढी आएको राज्यका प्रकोप व्यवस्थापन निकायका एकजना अधिकारीले जानकारी दिएका छन् ।

त्रिपुरा राज्यमा ३ जनाको मृत्यु हुनको साथै ५ हजार घरबारबिहिन भएको अधिकारीहरुले जानकारी दिएका छन् । बाढी ग्रस्त मणिपुर र त्यस आसपासको जिल्लामा केही दिनको लागि सार्वजनिक विदा दिइएको छ । स्रोत जनता समाचार |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here