व्हाईट पिगन मिडिया हाउस सञ्चालनमा ।

0
544

अषाढ १ काठमाण्डौ । व्हाईट पिगन मिडिया हाउस सञ्चालनमा आएको छ । ललितपुरको एकान्तकुनामा स्थानीय युवाहरुको सक्रियतामा व्हाईट पिगन मिडिया हाउस सञ्चालनमा ल्याइएको हो ।

गीत सङ्गीतको प्रवद्र्धन, युट्युब टिभी च्यानल साथै सूचनामुलक अनलाइन सञ्चालन गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको सो मिडिया हाउसको हालै एक समारोहबीच उद्घाटन गरियो ।
वरिष्ठ पत्रकार आदित्यमान श्रेष्ठ, अनिल योगीले संयुक्त रुपमा रिवन काटेर उद्घाटन गरिएको कार्यक्रममा निर्माता, सङ्गीतकार दीपक रमण, पत्रकार सानुकाजी श्रेष्ठ, कलाकार धर्मराज मुस्कान, मोडेल/ नायक / निर्देशक नयन डिसी, मिना लामालगायत व्यक्तित्वहरुको बाक्लो उपस्थिीत रहेको थियो ।

कविरभक्त क्षेत्री तथा राजकुमार महर्जनलगायतको संलग्नतामा सञ्चालनमा ल्याइएको व्हाइट पिगन मिडियाले गीत, सङ्गीतको प्रवद्र्धनमात्र नभएर भविष्यमा चलचित्रहरु निर्माण, प्रदर्शन समेतको कार्य गर्ने उद्देश्य रहेकोे जानकारी दिइयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here