सन्तोष सेनको अर्को बहुप्रतिक्षित चलचित्र “मेरी मामु”को रिलिज डेट बाहिरियो |

0
354

असार ३ काठमाण्डौ | केही दिनमै फ्लोरमा जान लागेको प्रेम गीत निर्माताको नयाँ फिल्म ‘मेरी मामु’ मा प्रेम गीत -२ कि हिरोइन अश्लेषा ठकुरी र सारुक ताम्राकारको जोडी बाधिने भएको छ ।यो चलचित्र भदौ १५ मा देशभर पर्दशन हुने जानकारी निर्माण टीमले दिएको छ |

निर्माण टिमले दिएको जानकारी अनुसार सेन्ट्रोल क्यारेक्टर ६ बर्षीय आयुब सेन भएपनि अश्लेषा सहित कुसुम गुरुङ हिरोइन तथा हिरोमा सारुक फाईनल भएका हुन ।

यस्तै यो फिल्ममा नेपालकी पहिलो हिरोइन भुवन चन्द सहित सारुकका पिता तथा पूराना कलाकार सानु ताम्राकार पनि खेल्दैछन् । टिमले दिएको जानकारी अनुसार फिल्ममा अर्की नयाँ अनुहार दुर्गा मल्ल ठकुरी तथा अन्य बाल कलाकारहरु कृजन गौतम र शुभम बिष्ट पनि मुख्य भूमिकामा देखिनेछन् ।

यम थापाले निर्देशन गर्ने ‘मेरी मामु ‘ चाईल्ड साईकोलोजी जनरमा बन्न लागेको फिल्म हो जसको रिलिज डेट पनि अनाउन्स गरिएको छ । निर्माता सेनका अनुसार सुटिङ र पोष्टप्रोडक्सनको कार्य एउटै गतिमा हुने भन्दै १५ देखि गतेलाई रिलिज डेट तय गरिएको जानकारी दिएका छन् । राजधानी र चितवन लोकेशन तय गरिएको फिल्मलाई पुरुषोत्तम प्रधानले खिच्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here