मन्थलीमा रित्तो थालसहित जुलुस किन होला ? |

0
352

३ असार । रामेछापका उद्योगी, व्यवसायीहरुले आइतबार सदरमुकाम मन्थलीमा रित्ता थाल र चम्चासहित जुलुस निकालेका छन् ।

बीपी राजमार्गमा १० टनभन्दा हभी साधन साधन सञ्चालनमा रोक लगाएको विरोधमा उनीहरुले थालसहित जुलुस निकालेका हुन् । रामेछाप उद्योग वाणिज्य संघको अगुवाइमा निकालिएको जुलसमा स्थानीयबासी पनि सहभागी थिएका थिए ।

बीपी राजमार्गमा १० टन माथिका मालवाहक र १८ सिट माथिका यात्रुवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । भौतिक पूर्वाधार मन्त्रालयले खुला गरेपनि सर्वोच्च अन्तरिम आदेशबाट रोकेको छ ।

यसको विरोधमा रामेछापका व्यवसायी र उपभोक्ताहरु आन्दालनरत छन् । स्रोत अनलाइन खबर |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here