बिपी वाग्लेको गायन र संगीतमा ‘मेरो प्राण तिमी नै’ : भिडियो सार्वजनिक |

0
743

म्यूजिक भिडियोमा अभिनयसँगै नायिका मरिष्का पोखरेल निर्देशनमा पनि सक्रिय छिन् । उनले यसअघि गायक मुरारी गुरागाईको एक गीतकेा म्युजिक भिडियो निर्देशन गरेर भिडियो निर्देशनमा डेब्यु गरेकी मरिष्काले अर्को नयाँ भिडियो पनि निर्देशन गरेकी छन् ।

गीतकार होम न्यौपानेको शब्द तथा बिपी वाग्लेको गायन र संगीत रहेकेा ‘मेरो प्राण तिमी नै’ बोलको गीतको भिडियोमा मरिष्काको निर्देशक कला हेर्न पाइन्छ । मिसन इन्टरटेन्मेण्ट प्रालिले निर्माण गरेको मेलोडियस र सकारात्मक माया झल्काउने भिडियोमा नायिका मरिस्का पोख्रेल र दृश्य सुबेदीको अभिनय छ ।

उत्सव दाहालको छायांकन रहेको भिडियोमा नविन भाट्टको सम्पादन छ । भिडियो मिसन इन्टरटेन्मेण्टको युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो । भिडियो केही दिन भित्रै राष्ट्रिय टेलिभिजनमा प्रसारणमा आउने गीतकार न्यौपानेले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here