नेपालको मुक्तिनाथको प्रचार गर्दै मोदी |

0
136

असार ४ काठमाण्डौ | भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको मुस्ताङमा रहेको मुक्तिनाथ मन्दिरको प्रचार गरेका छन् । हालै नेपाल भ्रमणमा आएका बेला मुक्तिनाथको दर्शन गरेका भारतीय प्रधानमन्त्री मोदीले मुक्तिनाथ मन्दिरको प्रचारप्रसार गरेका हुन् ।

मुक्तिनाथ मन्दिर अगाडि गरिएको योग अभ्यासको तस्वीर सामाजिक सञ्जाल ट्वीटरमार्फत् सार्वजनिक गर्दै भारतीय प्रधानमन्त्री मोदीले लेखेका छन्, ‘वन्डरफूल !

अन्तर्राष्ट्रिय योगा दिवसको अवसरमा मुक्तिनाथ मन्दिर अगाडि भिक्षु र स्थानीयबासीले योग गरेको तस्विर मोदीले पोष्ट गरेका छन् । हरेक वर्ष २१ जुनमा विश्व योग दिवस र संगीत दिवस मनाउने गरिन्छ ।

नेपालस्थित भारतीय दूतावासको ट्वीटर पेजबाट मोदीले मुक्तिनाथ मन्दिर अगाडि गरिएको योगको फोटोे सेयर गरिएको छ । उनले सामाजिक सञ्जाल मार्फत गरेको तस्विरसहितको ट्वीटले विश्वभर मुक्तिनाथ मन्दिरको प्रचार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here