गीतकार / संगीतकार अनिल खनालको (घुटु घुटु) बजारमा भिडियो सहित |

0
228

असार ४ काठमाण्डौ | धेरै समय देखि नेपाली गीत सांगीतिक क्षेत्रमा आफ्नो गीति लेखन रचना बाट सफलता हासिल गर्दै आएका गितकार तथा संगितकार अनिल खनालको नयाँ गित (घुटु घुटु) बजारमा आएको छ । उक्त गीतमा गीतकार स्वयम् अनिल खनालकै संगित रहेको छ |

पछिल्लो समयमा गीतकार खनालका मर्छु अब त ,आँशु प्यारो छ ,जिबन धराप छ ,बनाएर मायाँको,मेरी सानु कहाँ होलिन्,सर्पलेझै डसेर गयौँ, आदि गीतहरु दर्शक ले रुचाइएका गीतहरु हुन् भने, अहिले गीतकार खनालले दर्शक स्रोतामाझ (घुटु घुटु )अति मार्मिक गीत लिएर आएका छन | गितमा शितलराज पाण्डे र टिका प्रसाइको स्वर रहेको छ ।

। ‘घुटु घुटु’ बोलको गितको म्युजिक भिडियोलाई अनिल राईले निर्देशन गरेका छन् । युविन ढुंगाना र रजिना महर्जनले मोडलिङ गरेको गितलाई विनोद बमले सम्पादन गरेका छन् ।
बिन्दाबासिनी म्यूजिक कम्पनीले बजार व्यवस्थापन गरेको गित माया प्रेमसँग सम्बिन्धत रहेको छ ।

दिनानु दिन गीतकार संगीतकार खनालको पछिल्लो समयमा व्यस्तता बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here