रामेछापका व्यवसायीहरु अर्धनग्न जुलुशमा |

0
184

असार ४ काठमाण्डौ | रामेछापका व्यवसायीहरुले सोमबार अर्धनग्न जुलुश निकालेका छन् । वीपी राजमार्गमा भएको सिन्डिकेटको अन्त्यको माग गर्दै उनीहरुले सोमबार सदरमुकाम मन्थलीमा अर्धनग्न जुलुश निकालेका हुन् ।

सिन्धुली जिल्ला प्रशासन कार्यालयले बीपी राजमार्गमा १० टन भन्दा बढी भार भएका गाडी सञ्चालन गर्न रोक लगाएपछि आन्दोलनमा उत्रिएका उनीहरुले आफूहरुको माग बेवास्ता गरिए सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

बिपी राजमार्गको सिन्धुली खुर्कोट सडकखण्डमा मालवाहक ठूला गाडी चल्न दिनुपर्ने उनीहरुको माग छ । एक सातादेखि आन्दोलनमा उत्रिएका व्यवसायीहरुले सिन्धुली प्रशासनबाट भएको तराईबाट आएका ठूला मालवाहक गाडी सिन्धुलीमाडीमै रोक्ने कार्यले रामेछाप तथा आसपासका व्यवसायी र उपभोक्ता मारमा परेका बताएका छन्। स्रोत ओ एस नेपाल |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here