भारतमा १ करोड चोरेको भन्दै ३ नेपाली पक्राउ परेका छन् ।

0
273

असार ५ काठमाण्डौ। भारतको पुणेमा एक करोड रुपैयाँ बराबरका गहना र नगद चोरेको आरोपमा तीन नेपाली नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ४२ वर्षीय गोविन्द कालु परियारलगायत रहेको पुणे मिरर अनलाइनले लेखेको छ । उनीहरुको नेपालको ठेगाना भने खुलाइएको छैन ।

केन्द्रीय रेलवेका मुख्य सुरक्षा आयुक्त अतुल श्रीवास्तवका अनुसार ति नेपालीहरुलाई नेपालको सीमा क्षेत्रतर्फ प्रस्थान गर्न लागेको रेलबाट सोमबार पक्राउ गरिएको थियो ।

उनीहरुमाथि पुणेको एक पसलबाट हिराका गहना र नगद चोरेको आरोप छ । चोरी भएको खबरलगत्तै सुरक्षासर्च अपरेशन सुरु गरिएको थियो । चोरीमा संलग्न भएका भनिएकाहरु नेपाल फर्किन सक्ने आशंकाले नेपालको सीमा क्षेत्र हुँदै चल्ने भारतीय रेलहरुमा बढी निगरानी बढाइएको थियो ।

मुख्य आरोपी गोविन्दले प्रयोग गरेको मोबाइल नम्बर ट्र्याक गर्दै जाँदा उत्तर महाराष्ट्रको भुसावल नजिक पुगेको सूचना सुरक्षाकर्मीहरुले पाएका थिए । त्यसपछि थाहा भयो कि उनी भुसावलबाट लखनउ पुष्पक एक्सप्रेस रेलमा चढेका छन् । त्यसपछि आरपीएफ र स्थानीय भारतीय कर्मचारीहरुको टोलीले सो रेलमा चढेर सर्च सुरु गरेको थियो ।

सर्च गर्ने क्रममा गोविन्द रेलको एक सामान्य डिब्बामा फेला परेका थिए । तर, उनका दुई सहयोगी भने अर्को एक कोचमा फेला परेका थिए । उनीहरुबाट चोरीका सामान बरामद भएको र तीनै जनालाई पुणे प्रहरीको जिम्मा लगाइएको भारतीय अधिकारीहरुले बताएका छन् ।स्रोत अनलाइन खबर ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here