सुनसरीमा एक पुरुषको शव फेला पर्यो |

0
451

असार ५ काठमाण्डौ | सुनसरीको इटहरी–९ स्थित दिपेन्द्र चौक नजिक एक पुरुषको शव फेला परेको छ । रामधुनि नगरपालिकाका करिब ५० वर्षका राम भट्टराईको शव फेला परेको प्रहरीले जनाएको छ ।

उनको मृत्युकोबारेमा नखुलेपनि शव नजिकै रहेको एक बोरामा जिउँदो सर्प भेटिएकाले भट्टराईको मृत्यु रहस्यमय बनेको छ ।

यद्यपी उनको मृत्युबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । भट्टराईको शव पोष्टमार्टमको लागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here