अर्जेन्टिनी फुटबलर लिओनल मेस्सी फेरि विवादमा |

0
408

असार ७ काठमाण्डौ । फिफा विश्वकप खेल्न रुसमा रहेका अर्जेन्टिनी फुटबलर लिओनल मेस्सी फेरि विवादमा तानिएका छन् । अघिल्लोपटक घर छलेको आरोपमा २१ महिना जेल सजाय र २२ लाख अमेरिकी डलर जरिवाना सुनाइएका मेस्सी फेरि कर छलिमा मुझिएका छन् ।

खोज पत्रकारहरुको अन्तर्राष्ट्रिय समूह कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्ना्लिस्ट (आईसीआईजे)ले अवैध धन लुकाउनेहरुको विवरण समेटिएको पनामा पेपर्स २ सार्वजनिक गरेको छ । जसमा मेस्सीले पनि कर छलेको दाबी गरिएको छ ।

यसअघि पहिलो पानामा पेपरमा पनि मेस्सीले कर छलेको आरोप लागेको थियो । अहिले पनि मेस्सी र उनका पिताले ‘मेघा स्टार इन्टरप्राइजेज’ नामक अफशोर कम्पनीमार्फत कारोबार गरेर कर छलेको दाबी गरिएको छ ।

यसअघि कर छलेको भन्दै मेस्सी र उनका बुवामाथि स्पेनमा मुद्दा लागेको थियो । सोही विषयमा स्पेनको अदालतले मेस्सीलाई कर छलेकोमा दोषी प्रमाणित गर्दै २१ महिना जेल सजाय र २२ लाख अमेरिकी डलर जरिवाना सुनाएको थियो । तर, स्पेनको कानुन अनुसार मेस्सी जेल भने बस्नु परेन ।

स्पेनमा पहिलोपटक दुई वर्षभन्दा कम जेल सजाय तोकिएकाले जेल बस्नु नपर्ने संवैधानिक व्यवस्था छ । तर, यसपटक लागेको आरोप पुष्टिमा भएमा के उनी जेल जालान् आम चासो र चिन्ताको विषय बनेको छ ।ओ एस नेपाल |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here