प्रमोद डीजीको सुटुक्कै बाटो काटेर गई गीत सार्वजनिक भिडियो सहित |

0
209

असार ७ काठमाण्डौ | नेपाली गीत संगितको क्षेत्रमा दिनहुं बिभिन्न गीत संगित बजारमा आउने क्रम जारी नै छ । यस्तै बेला बेलामा आफ्ना गीत संगित बजारमा ल्याउने गरेका प्रमोद डीजीको सुटुक्कै बाटो काटेर गई माया गर्छु भनी ढांटेर गई भन्ने गीतको असार ३ गते पत्रकार सम्मेलन गरी सार्बजनिक गरिएपनि यू ट्यब मार्फत असार ७ गते काठमाण्डौंको अनाम नगरमा रहेको सन्ध्या म्यूजिक प्रालीले बजारमा ल्याएको छ ।

उक्त गीतमा स्वर प्रमोद डीजीको आफ्नै रहेको छ भने शब्द संगित हाल जापनमा रही संगीतलाई निरन्तरता दिईरहनु भएका किरण भण्डारीको रहेको छ र संगित संयोजन उत्कृष्ट एरेन्जर,संगितकार तथा गायक पुष्कर सुनुवारको रहेको छ ।

यस गीतको म्युजिक भिडियो निर्देशन लामो समय डान्स डाईरेक्टरको रुपमा चिनिदै आएका र पछिल्लो समय थुप्रै म्युजिक भिडियो निर्देशन गर्नु भएका नवराज सुबेदीले गरेका छन् । क्यामरा सम्पादन दिनेश वली,अभिनय सन्तोषी चन्द ठकुरी,पिन्टु कांदु,चन्द्र सिंह थारुको रहेको छ । कला क्षेत्रको पहिचान र प्रर्बदनका लागी यो टीमले सधै लागी रहने प्रतिबद्घता गरेको प्रमोद डीजीले जानकारी दिएकमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here