असार ११ एजेन्सी -चर्चित पूर्व पोर्नस्टार सन्नी लियोनी बिरामी परेकी छन् ।बिरामी भएर अस्पताल भर्ना भएको केही समयपछि डिस्चार्ज भए पनि बलिउड अभिनेत्री सन्नी लियोनीको स्वास्थ्यमा पुनः समस्या देखिएपछि उनलाई पुनं थप १३ घन्टासम्म उपचार गर्नुपरेको बताइएको छ ।
ग्यास्ट्रिकका कारण सन्नीलाई समस्या भएपछि उनी एक निजी अस्पतालमा भर्ना भएकी थिइन् । त्यसपछि उनी लगातार ४८ घन्टासम्म डाक्टरको निगरानीमा बसेकी थिइन् । फिल्म सन्नी एमटिभी सोको सिजन–११ को सुटिङमा व्यस्त भएकी उनको अत्यधिक पेट दुखेपछि उनलाई एक निजी अस्पतालमा भर्ना गरिएको थियो । उपचारपछि डिस्चार्ज भएकी उनी पुनः बिरामी भएपछि थप १३ घन्टा अस्पताल बसेकी थिइन् ।अहिले उनी सुटिगंनै रोकेर आराम गरिरहेको बताइएको छ ।ओ एस नेपाल