बर्गर किङ्ग कम्पनीले विवादित बनेपछि माफी मागे |

0
436

असार ११ काठमाण्डौ | बर्गर किङ्ग कम्पनीले विश्वकपलाई लक्षित गरि बनाएको एक विज्ञापन विवादित बनेपछि माफी मागेको छ । कम्पनीले सार्वजनिक गरेको विज्ञापनले रुसी महिलाहरुलाई विश्वकप फुटबल खेलाडीको बच्चाको आमा बनेमा उनीहरुलाई जीवनभर निःशुल्क खाना खुवाउने र नगद पुरस्कार समेत दिने वाचा गरेको थियो । अमेरिकी फास्टफुड चेनले रुसी सामाजिक सञ्जाल भिके मार्फत सार्वजनिक गरेको उक्त विज्ञापनमा ४७ हजार अमेरिकी डलर पुरस्कार र जीवनभर बर्गर किङ्गको खानेकुरा निःशुल्क दिने उल्लेख थियो ।

रुसी युवतीहरुलाई लक्षित गरिएको उक्त विज्ञापनले उत्कृष्ट फुटबल खेलाडीको जिन प्राप्त गरेर रुसको राष्ट्रिय फुटबल टिमलाई सफल बनाउन प्रस्ताव गरिएको थियो ।सर्वश्रेष्ठ फुटबलरसँगको सहवासबाट रुसी महिला गर्भवती भए बच्चा पछि ठूलो भएपछि फुटबल स्टार हुने दावी बर्गर किङ्गको विज्ञापनले गरेको थियो । सन्देशमा भनिएको थियो ‘ती युवतीहरु जो अन्तर्राष्ट्रिय फुटबल खेलाडीबाट गर्भवती हुन्छन् उनीहरुलाई पुरस्कार दिइने छ ।’

यो विज्ञापनले महिलाहरुको अपमान गरेको भन्दै सबैतिर आलोचना भएपछि बर्गर किङ्गले माफी मागेको हो । ‘बर्गर किङ्गले विज्ञापन अपमानजनक भएको स्वीकार गर्दै विज्ञापन अभियान रद्द गरेको छ’ एक विज्ञप्ती जारी गर्दै उसले भनेको छ, ‘यसको लागि हामी क्षमा चाहन्छौं र आगामी दिनमा यस्तो गल्ती दोहोर्‍याउने छैनौं ।’ओ एस नेपाल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here