चार दिनदेखि हराएका तेज मृत फेला: हत्यामा तेजकी श्रीमती र उनका प्रेमी संलग्न भएको आशंका |

0
480

असार १२ काठमाण्डौ | घरबाट ससुराली हिँडेका एक व्यक्ति चार दिनपछि आज मृत फेला परेका छन् ।आसर ८ गतेदेखि तेज विष्ट हराएका तेजलाई खोज्ने क्रममा प्रहरीले आज बिहान फेला पारेको हो । परिवारका सदस्यहरुले दिएको उजुरीका आधारमा २४ घण्टाभित्रै प्रहरीले तेजको शव पत्ता लगाउनुका साथै हत्यामा संलग्न भनिएका आरोपीहरुलाई समेत पक्राउ गरेको छ ।मृतक तेजकी श्रीमती लक्ष्मी बडैला र उनका प्रेमी गोदावरी–१२ का दीपक खत्रीले तेजको हत्या गरेको प्रहरीले जनाएको छ ।

दीपकले असार ८ गते राति तेजलाई भेट्न बोलाएर टाउकोमा लठ्ठीले हानेर मारी फालेको खत्रीले स्वीकार गरेको बताइएको छ ।गत बैशाखमा बिहे गरेका उनी ससुराली जानका लागि हिडेका थिए ।ससुराली ४ बजे पुगेको र ७ बजे साथीको फोन आयो भन्दै ससुरालबाट नै हिँडेका थिए । ५ मिटर गहिरो खोल्सामा लाश खसेको हुनाले उठाउन गाह्रो भइरहेको प्रहरीले जनाएको छ ।स्रोत ओ एस नेपाल |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here