कन्डमका कारण पुनम पाण्डे विवादमा |

0
408

असार १२ काठमाण्डौ | मोडल तथा हिरोइन पुनम पाण्डे बेलाबेलामा विवादमा आइरहन्छिन् । उनी धेरैजसो आफ्ना बोल्ड तस्वीरका कारण निकै चर्चामा हुन्छिन् ।

उनले अनेकौं पब्लिसिटी स्टन्ट पनि गर्छिन् । यस पटक भने पुनम अर्कै विषयका कारण चर्चामा आएकी छिन् ।

महाराष्ट्रमा प्लाष्टिक प्रतिबन्ध भएपछि पुनमले एउटा ट्वीट गरिन् । यो ट्वीटको सामाजिक संजालमा यतिसम्म खिल्ली उडाइएको छ कि युजरहरुले यसका अनेकौं जोक र ट्रेल बनाए ।

पब्लिसिटीका लागि पुनमले ट्वीट गरेकी थिइन् ‘प्लाष्टिकमा प्रतिबनध लगाइयो । जसजसले प्लाष्टिक सर्जरी गराउनुभएको छ सडकमा नघुम्नुस् ।’

यसलगत्तै पुनमले अर्को ट्वीट गरिन् ‘म यो सोध्न चाहन्छु कि प्लाष्टिक प्रतिबन्धमा कण्डम पनि सामेल छ कि छैन ?’ पुनमले यो ट्वीट गर्नासाथ युजरहरुले उनलाई ट्रोल गर्न सुरु गरे ।

एक युजरले लेखे ‘रबर र प्लाष्टिकमा फरक हुन्छ । तपाइले नाङ्गिनुको सट्टा केही पढ्नुपथ्र्यो ।’ अर्का युजरले लेखे ‘पतन्जली कण्डम मात्र चल्छ ।’ कण्डम केबाट बनेको हुन्छ भन्ने नै नजानेपछि पुनमको निकै खिल्ली उडाइएको छ ।स्रोत शिखर न्युज |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here