टेकुको बागमती पुलमुनि कालो पाइन्ट र खैरो टिसर्ट लगाएकी युवतीको शव फेला परेको छ । पाँच फिट उचाई भएकी मंगोलियन वर्णकी उनको निधारको माथिल्लो भागमा गहिरो चोट लागेको बताइएको छ ।
प्रहरीका अनुसार युवतीको हातमा ‘आइलभ यु’ लेखेको ट्याटु देखिएको छ ।उनको आजै राती मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।शवको अझै सनाखथ हुन सकेको छैन ।प्रहरीका अनुसार यसबारेमा अनुसन्धान हुँदैछ । घटनाको थप विवरण आउन बााकी रहेको छ ।