गायक दिप तामाङको स्वरमा सजिएको र्याई र्याई सारङ्गी लोक पप गीतको भिडियो म्यूजिक नेपाल मार्फत
सार्वजनिक भएको छ | यस गीतको शब्द रचना र संगीत जितेन लेप्चाको रहेको छ।
चर्चित निर्देशक राजन महर्जनले निर्देशन गरेको उक्त गीतमा उर्वशा, दिल र निर्देशक महर्जन स्वयंकोे दमदार नृत्य हेर्न सकिन्छ ।
पुर्वका विभिन्न क्षेत्रका मनोरम दृश्यहरुमा छायाँकन गरिएको उक्त गीतको छायाँकन केशवराज रसाईलीले गरेका हुन भने दृष्य सम्पादन प्रेम शर्मा पौडेलको रहेको छ ।
(भिडियो हेर्न तल क्लिक गर्नुहोस्)