बलिबुड स्टारले हरुले गर्दा :फाटेको जिन्सको माग बढ्दो किन होला त ?

0
720

सलमान खान, अनुष्का शर्मा, कंगना रनौतदेखि लिएर किम कार्देशियाँसम्म यतिबेला फाटेको जिन्सको पाइन्ट लगाएर सार्वजनिक स्थलमा देखिने गरेका छन्।

हामी पुरानो पिढीलाई त फाटेको जिन्सको पेन्ट लगाएको विषयमा आश्चर्यको कुरा हुन सक्छ किनभने यस्तो ठूला सेलिब्रिटी देखि लिएर युवा पुस्तासम्मले किन फाटेको पाइन्ट लगाएको होला भन्ने लाग्न सक्छ।

यतिबेला फाटेको जिन्स लगाउने फेशन भएपनि यसको पछाडि रमाइलो विषय छ। फाटेको जिन्सको पाइन्ट सामान्य जिन्स भन्दा महंगो पनि हुन्छ।

विश्वका पहिलो जिन्स १८७० मा लोब स्ट्रासले डिजाइन गरेका थिए। बाक्लो र बलियो यो कपडा फ्याक्ट्रीमा काम गर्ने मजदुरकालागि बनाइएको थियो। यसलाई निलो रङमा डाई गरिन्थ्यो।

ताकि यो जिन्स कपडा लगाउने मजदुरको रुपमा चिनिउन्। यो पहिलो जिन्स पछि लेवाइस कम्पनीका रुपमा पूरै विश्वमा प्रचलित भयो।

तर ७० को दशकमा जब पंक बैंड्स संस्कृति अपनाउने फेशन उत्कर्षमा पुग्यो तब फाटेको जिन्स पारम्परिक तरिकाको विरोध गर्नेको माध्यम बन्यो। पप कल्चरका कारण धेरै रक स्टार जस्तै बीटल्सन, रैमान्स, सेक्स पिस्टलजस्ता स्टारले फाटेको जिन्स प्रयोग गर्न थाले। आफ्नो गीतमार्फत समाजप्रति आफ्नो असन्तुष्टि जनाउन फाटेको जिन्स लगाउने फेशन नै बन्यो।

जसरी सबैले पुरानो सामानलाई साथ दिन्छन्, त्यसैगरी २०१० मा फाटेको जिन्सको ट्रेण्ड फेरि भित्रियो क्रममा ८० को दशकको धेरै कुरा अपनाउन थालियो। जस्तै ह्वाइट–वेस्ट जिन्स बेलबाटम आदि। केही विश्वस्तरीय फेशन शोमा सपुर मोडल पनि रिप्ड जिन्स लगाएर देखापर्न थाले। त्यसपछि त यो फेशनको रुपमा आइहाल्यो।स्रोत शिखर न्युज |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here