मोटी बर्षा जिम धाउन थालेपछि दुब्लाईन |

0
467

फिल्म ‘नाई न भन्नु ल २’ बाट फिल्म क्षेत्रमा प्रवेश गरेकी नायिका हुन् बर्षा सिवाकोटी । उनी अभिनीत पहिलो फिल्म सफल भएता पनि वर्षालाई यसबाट खासै फाइदा भएन ।

उनलाई पशुपति प्रसाद नामक फिल्मले नायिकाको रूपमा परिचित गराउन भने सफल भयो । तर फिल्म क्षेत्रमा सोचेको जस्तो सफलता पाउन नसकेकी वर्षा म्युजिक भिडियोमा भने निकै जमेकी थिइन् ।

पछिल्लो समय वर्षाको हातमा फिल्मको लाइन लागेको छ । यो वर्ष उनको भैरे रिलिजको तयारीमा रहेको छ भने जय शम्भुको हालै छायाङ्कन सकाइसकेकी छिन् । गत साता मात्र उनको नयाँ फिल्म पुरानो बुलेटको घोषणा भएको थियो ।

उक्त कार्यक्रममा वर्षा कालो गाउनमा उपस्थित भएकी थिइन् । पछिल्ला समय वर्षा सार्वजनिक कार्यक्रममा निकै सजिएर प्रस्तुत हुने गर्छिन् । मोटी नायिका भनेर धेरै आरोप झेलेकी वर्षा उक्त कालो पहिरनमा स्लिम देखिएकी थिइन् ।

जिम ध्याउन्न थालेकी वर्षालाई कति किलो घट्नु भयो ? भन्ने प्रश्नमा भन्छिन् ‘ घटेको भन्दा पनि बडि टोन भइरहेको छ । शरीरलाई बनाउने कोसिसमा छु’ उनी भन्छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here