ओस्कार कलेजबाट अभिनयमा ब्याचलर गरेका शुसिल उप्रेती फिल्म,’मायाङ्क’को मुख्य भूमिकामा ।

0
513

असार १४ काठमाण्डौ । राजधानीमा आयोजना गरिएको पत्रका सम्मेलन गरीइ फिल्म ’मायाङ्क’को औपचारिक रुपमा घोषणा गरिएको छ,फिल्म लाई पूर्ण रुपमा प्रेमकथामा निर्माण गर्ने फिल्म निर्माण टिमले बताएको छ । फिल्ममा ४ मुख्य पात्र रहेका छन् । तर, पत्रकार सम्मेलनमा भने मुख्य नायिका सार्वजनिक गरिएन ।फिल्मको कथावस्तु नै खुल्ने भएकाले अर्की नायिकाको नाम र उनको भूमिका सार्वजनिक नगरिएको फिल्म निर्माण टिम ले बताएको छ ।

फिल्ममा प्रशान्त ताम्राकार, शुसिल उप्रेती र ज्योत्सना योगीको मुख्य भूमिका हुने छ । यो फिल्मलाई रोमी मानन्धरले निर्देशन गर्दैछिन् । रोमी यही चलचित्रबाट निर्देशनमा डेब्यू गर्दैछिन् । रोमीले एकदमै मिठो कथामा चलचित्र बन्ने बताइन् । यो चलचित्रमा काम गर्नका लागि डेढ बर्षदेखि आफूले मिहिनेत गरिरहेको नव–कलाकार शुसिल उप्रेतीले बताए ।

फिल्मका निर्माता जितेन्द्र खतिवडाले आफुले निर्देशकलाई पूर्ण रुपमा विश्वास गरेको बताए । यो चलचित्रको छायांकन भदौ पहिलो साताबाट सुरु हुनेछ । माघमा फिल्म रिलिज गर्ने तयारी यसको निर्माण टिमले जानकारी दिएको छ ।

ओस्कार कलेजबाट अभिनयमा ब्याचलर गरेका उप्रेतीले आफुले निर्देशकले चाहे अनुसारको अभिनय गर्न तयार भएको बताए । यस्तै अर्का कलाकार प्रशान्त ताम्राकारले ’मायाङ्क’मा आफ्नो अरु फिल्ममा भन्दा फरक भूमिका रहेको प्रष्ट पारेका पारे । उनले अन्य फिल्ममा भन्दा फरक गेटअपमा आफू देखिने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here