फेरी पनि विश्वकपमा ब्राजिलले लगातार दमदार जित हासिल गर्यो ।

0
425

असार १४ काठमाण्डौ । रसियामा चलिरहेको विश्वकपमा ब्राजिलले लगातार जित हासिल गरेको छ । योसँगै ब्राजिलले लगातार १३ पटकसम्म विश्वकप फुटबलको अन्तिम १६ मा पुग्न सफल भएको हो । बुधबार राति पौने १२ राति शुरु भएको समूह चरणको अन्तिम खेलमा २-० गोलअन्तरले सर्वियालाई पराजित गर्दै ब्राजिल समूह विजेता सहित नकआउट चरणमा प्रवेश गरेको हो।
ब्राजिललार्इ समूह विजेता बनाउन पाउलिन्हो र थियगो सिल्भाले गोल गरेका थिए। सर्विया विरुद्धको खेलको ६८ मिनेटमा नेमारको कर्नरमा थियगो सिल्भाले हेडर गोल गरेका थियो ।
१९७० यता लगातार दोस्रो चरणमा स्थान बनाउँदै आएको ब्राजिलले अन्तिम १६ मा अब समूह एफ को उपविजेता मेक्सिकोसँग सोमबार सामना गर्नेछ।
हारसँगै सर्बिया भने प्रतियोगिताबाट बाहिरिएको छ। यस समूहबाट स्विट्जरल्याण्ड उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गर्यो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here