नायक सलोन बस्नेत र नायिका करिष्मा श्रेष्ठको गहिरो प्रेम |

0
541

असार १४ काठमाण्डौ | प्राय कलाकारहरू आफ्नो प्रेम मिडियामा खासै खुलाउन चाहान्दैन्न् । तर पछिल्लो सम्म नयाँ पुस्ताका कलाकारहरू मिडियामा आफ्नो प्रेम सम्बन्धको बारेमा खुलेर बताउने गर्दछन् । जसमा नायक सलोन बस्नेत र नायिका करिष्मा श्रेष्ठ पनि अगाडी छन् । बाल कलाकार हुँदै होस्टेलबाट नायकको रूपमा डेव्यु गरेका सलोनले छोटो समयमा आफ्नो पहिचान बनाउन सफल भइसकेका छन् ।

युवा पुस्तामाझ सलोनको लोभलाग्दो फ्यान फलोइङ्ग रहेको छ । त्यस्तै नायिका करिष्मा श्रेष्ठले एउटा साथी नामक चलचित्रबाट डेव्यु गरेकी थिइन् । उक्त चलचित्रमा सलोनको मुख्य भूमिका रहेको छ । यी दुई एउटा साथी र लभ सब नामक चलचित्रमासँगै देखिएका थिए । करिब ३ वर्ष देखि एक अर्काको प्रेममा रहेका छन् । यी दुवै फरक समुदायका हुन् । तर दुवैलाई आफूहरूको जातले प्रेममा केही फरक नपरेको बताउँछन् ।

सलोन भन्छन् ‘अहिलेका जमाना त्यस्तो कुरा गर्नु उचित पनि होइन । तर उनी (करिष्मा) नेवार भएता पनि हाम्रो परिवारमा केही समस्या छैन ।’ यता करिष्मालाई जातभातको कुराले फरक नपरेको बताउँछिन् । यी दुई अभिनीत नयाँ चलचित्र बाबु कान्छा प्रदर्शनको तयारीमा रहेको छ । चलचित्र असार २९ गतेबाट हलमा प्रदर्शन हुदैँछ । स्रोत सिनेपाटी |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here