चर्चित गायिका पूजा सुनुवारले एक पछि अर्को गर्दै राम्राराम्रा गीतहरु नेपाली सांगीतिक क्षेत्रमा पस्कँदै आएकी छिन् । त्यसै अनुरुप पछिल्लो समय उनको (मायाले त चोटै चोट मात्र दिदो रैछ) बोलको गीत बजारमा आए संगै गायिका पुजा सुनुवारको थप चर्चा चुलिएको छ ।
यस गीतमा गायिका सुनुवारलाई गायक भलाकाजी राईले साथ दिएका छन्। युट्युव मार्फत हालै रिलिज भएको यस गीतको गीतकार लिना राई हुन्। पुष्कर सुनुवारले यस गीतमा संगीत दिएका छन्।
मेलोडी नेपाल रेकर्डिगं स्टुडियोमा यस गीतको रेकर्ड गरिएको गायिका सुनुवारले भिजन संसारलाई जानकारी दिएकी छन्।