ठेकेदारको लापरवाहीको कारणले एक महिलाको आँखाको ज्योती गयो, जिम्मा लिन सक्नुहुन्छ ?

0
513

असार १४ काठमाण्डौ |आजको एक्काइसौँ सताब्दिमा विश्व नै ग्लोबल भिलेजको रुपमा सामाजिक सञ्जाल मार्फत रुपान्तरित भैसकेको छ । संस्कृतको एउटा स्लोक याद आयो ।
वसुधैव कुटुम्बकम्
अर्थात विश्व भरका मानिस हरु दाजु- भाइ तथा दिदि बहिनि हुन । अब कुरा गरौँ विकाशका पुर्वाधारका । हामिलाई थाहा छ, गल्ली-गल्ल्लिको विकाश गरेमा गाउँ विकास हुन्छ । गाउँ विकाश भएमा बल्ल देश अनि देश विकाश भएमा नेपाली दाजु भाइ तथा दिदी-बहिनिलाई खाडिमा रगत, पसिना र इज्जत गुमाउनु पर्ने छैन ।

गल्ली गल्ली बनाउँदा ठेक्क-पट्टा लिनेहरुले कति दुख दिएकाछन भने एउटा आँखा एक ५६ वर्षिय महिलाले देख्दैनिन । उन्को पीडा कस्ले सुन्ने? सबै खुशी छन बाटो बन्दै छ भनेर, खुशी हुलाकी मार्ग बन्ने भयो भनेर तर मुस्किलले बाटो बन्न लाको ३ महिना भयो अहिलेसम्म बाटो बन्न सकेको छैन । बाटो बनाउने नाममा ठेकेदारले काम सुरु गरेको ३ महिना भयो तर बाटो निर्माण सम्पन्न हुन सकेन।

धुलोको कण खान जनता बाध्य छन। देशको सम्पत्तिको दुरुपयोग गरि लापरबाही गरेमा कारबाही गरिने गृहमन्त्री राम बहादुर थापा बादलले बताउनु भएको छ । तर सरकारकै क्याबिनेट मन्त्रीले यस्को बिरोध गरेका छन । रघुविर महासेठले गृहले आफ्नो कार्य क्षेत्र मिचेको ठम्याइ गर्दै बिरोध गरेका छन । जति कुरा नेताले भनेपनी तोकिएको समयमा पुर्वधार विकाश भएन भने त्यस्ता एजेन्ट तथा दलाललाई कानुनी कठघरामा उभ्याउनै पर्छ । उक्त ठेकेदारको गल्तिको कारण धुलो खाएर आँखा नदेख्ने बृद्दाको जिम्मा कस्ले लिने मन्त्रीज्यु र त्यहाँका मुटिरोगीहरुको उपचार कसरी गर्ने?

के नेपाल सरकारले वा उक्त कम्पनीले ती नेपाली आमा-बाबाका कारुणिक चीत्कार सुन्न सक्छन यदि सक्छन भने आउनुहोस हामी तँपाइलाइ त्यही बाटो हिँडाउने छौं । साध्य र साधन को बिच फरक तुल्याउन नसक्ने ठेकेदार ज्युहरु तँपाइका कारण सयौँ मान्छे मृत्युको सैयामा छन । बिएम्डब्लु कार चड्दैमा ठूलो मान्छे हुँदैन। ठूलो मान्छे बन्न ठुलो हृदय चाहिन्छ । कार्ल मार्क्सले भनेका छन कि जनवर्गीय उत्थानको पहिलो दुश्मन नवसामन्तवादी हुन र त्यस्ता समुहमाथी राजनितिक संरक्षण हाबी भएमा झनै खतरनाक हुन जान्छन । जनताको ज्यानसंग खेल्ने कसैलाईपनि अधिकार हुँदैन । तर समयमा बाटो-घाटो पुल-पुलेसोबन्न नसकेका ठाउँमा स्थलगत अनुसन्धान गर्नुस ।

माननिय मन्त्री ज्यु दाबव तथा अरुको रवाफमा नपर्नुहोला । सम्झौतामा ३ पटक सम्म धुलाम्य सडकमा पानी हाल्ने भनेको छ । तर एक जना बृद्द महिलाको आँखा नदेख्ने भएको समस्या ओएस नेपाल हुने आइपुगेपछी हामी त्यहाँ गयौँ ती महिला मात्र होइन धेरै दाजु-भाइ दिदि-बहिनी तथा आमाबुबा सिकिस्त बिरामि हुनुउन्थ्यो। गरीब परीवारका सदस्यको अवाज को हुने। राज्यको चौथो अंगको जिम्मेवारी पूरा गर्दै हामिले वास्तविकता बाहिर ल्यायौँ । के ती बुडा आमा बाबालाई उपचार गर्न ठेकेदार तयार छ ।

नेताहरु खोँकी लाग्दा बिदेश भ्रमण गर्छन उपचारको नाममा, त्यो पैसा पनि नेपाली जनताले तिरेको ट्याक्स, भ्याट रेमिट्यान्स बाट आएको हो । यि बुवा आमाको आँखा के फरकाउन सक्नुहुन्छ? गृहमन्त्रीज्यु काम नगर्ने ठेकेदारलाई कारबाही गर्नै पर्छ । भौतिक पुर्वाधारबाट बिकास हुने हाम्रो देश अल्पायुमा अपांग भएको छ । आशा छ ती एजेन्ट, ठेकेदारमा कुनै संवेदना छैन। सबै नहोलान तर केही त छन । कारबाही गर्नुपर्यो हाम्रो देश विकास हुनु पर्यो ।
लेखक सन्दिप योगी ओएस नेपालका उप-प्रधान सम्पादक हुन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here