दाङमा नाङगै बनाइ महिला कुट्ने दुई महिलालाई ६ महिला जेल चलान सहित २५,२५ हजार जरीवाना गरिएको छ |

0
511

दाङ, १४ असार । दाङको भालुवाङमा महिलालाई नाङ्गै बनाएर कुटपिट गर्नेहरुलाई ६ महिना कैद र २५ हजार जरिवाना हुने भएको छ । प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले कुटपिटमा संलग्न दाङको राप्ती गाउँपालिका वडा नं. १ भालुवाङकी ३५ वर्षीया रेखा गुप्ता र २९ वर्षीया अनिता गुप्तालाई स्थानीय प्रशासनले कैद र जरिवाना तोकेको हो ।

प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले गुप्ताद्वयलाई ६ महिना कैद, जनही २५÷२५ हजार जरिवाना र ७ हजार ८ सय २० रुपैयाँ उपचार खर्च भराउने फैसला गरेको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।

अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका– ९ ठाडोखोलाकी ३९ वर्षीया दिलमाया पुनलाई राप्ती गाउँपालिका वडा नं. १ भालुवाङका ३५ वर्षीया रेखा गुप्ता र २९ वर्षीया अनिता गुप्ताले निर्घात कुटपिट गरेका थिए ।

जेठ २५ गते दिउँसो दिलमाया पुन भालुवाङस्थित आफ्नो जग्गा हेर्न आएको मौका छोपी जबर्जस्ती घडेरी बेच्न कर गरेका थिए । दिलमायाले जग्गा बेच्दैन भन्दाभन्दै गुप्ताका जेठानी दिदी बहिनीले कुटपिट गरेका थिए

प्रहरीले सोही दिन सामान्य झगडा भन्दै मिलापत्र गराएर छोडेको थियो । तर, दुई महिलाले “निर्वस्त्र” पारी अमानवीय ढंगले कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । भिडियो सार्वजनिक भएपछि प्रहरीले जेठ २७ गते गुप्ताद्वयलाई पक्राउ गरेर अनुसन्धान शुरु गरेको थियो । स्रोत शिखर न्युज |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here