सुनिता दनुवारलाई अमेरिकी सरकारले ‘हिरो’ घोषणा गरी अवार्ड प्रदान गरेको छ |

0
190

काठमाडौं, १५ असार। शक्ति समूहकी संस्थापक सदस्य सुनिता दनुवारलाई अमेरिकी सरकारले मानव बेचबिखन र आधुनिक दासत्वविरुद्धको ‘हिरो’ घोषणा गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयमा आयोजित एक समारोहमा विदेशमन्त्री माइक पोम्पियोले ‘ट्राफिकिङ इनपर्सन हिरो–२०१८’ अवार्ड दनुवारलाई प्रदान गरेका छन् ।

अमेरिकाले हरेक वर्ष विश्वभरका १० जना अभियन्ता मध्येबाट एक जनालाई ‘टीआईपी हिरो’ अवार्ड दिन्छ । सो अवार्ड पाउने दनुवार दोस्रो नेपाली हुन् । यसअघि शक्ति समूहकै संस्थापक चरिमाया तामाङले सन् २०११ मा यो अवार्ड पाएकी थिइन् ।

यो अवार्ड अमेरिका सरकारद्वारा स्थापित विश्वकै प्रतिष्ठत मानिन्छ । अमेरीकी विदेश मन्त्रालयले प्रत्येक वर्ष मानव बेचबिखन र आधुनिक दासत्वविरुद्ध जनचेतना जगाउँदै उद्धार र पुनःस्थापना तथा कानुनी लडाइँमा सफलता प्राप्त गर्ने विश्वभरिका अभियन्ताबाट एक जनालाई हिरो छनोट गर्दछ ।

बेचबिखन प्रभावित महिलाहरुको संलग्नतामा स्थापना भएको शक्ति समुह विश्वकै पहिलो संस्था हो । अमेरिकी बिदेश मन्त्रालयको प्रतिवेदनमा पनि बेचबिखन प्रभावितहरुको पहिलो संस्थाको रुपमा शक्ति समूहलाई मान्यता दिइएको छ ।

दनुवारले मानब बेचबिखन बिरुद्धको अभियान र बेचबिखन प्रभावितहरुलाई सशक्तिकरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको अमेरीकी बिदेश मन्त्रालयको वार्षिक प्रतिवेदनमा उल्लेख छ । स्रोत शिखर न्युज |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here